थाहा नगरपालिकाको १३ औं नगरसभा सम्पन्न भएको छ । नगर सभाले आर्थिक वर्ष २०८०/०८१ का लागि नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत पारित गरेको छ । साथै आर्थिक विधेयक र विनियोजन विधेयक पनि सर्वसम्मत पारित भएको छ ।

थाहा नगरपालिकाले ११३ औं नारी दिवसको अवसरमा पालुङ जेसीज सभाहलमा मूल समारोह समितिले कार्यक्रम अायोजना गरी मनायएको छ । कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान प्रमुख अतिथी हुनुहुन्थ्यो ।
मकवानपुर थाहा नगरपालिकामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काठमाण्डौंको वसन्तपुरमा फोटो प्रदर्शनी गरिएको छ । वसन्तपुरमा आयोजित फोटो प्रदर्शनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गर्नु भएको हो । फोटो प्रदर्शनी २०७९ कात्तिक १८, १९ र २० गते भएको हो ।
राष्ट्रिय दलित आयोगको आयोजना तथा थाहा नगरपालिका मकवानपुरको समन्वयमा स्थानीय तहमा दलित लक्षित कार्यक्रम तथा सेवा प्रवाहको सम्बन्धमा अन्तरक्रिया भएको छ । २५ मंसिरमा भएको कार्यक्रम नगर प्रमुख विष्णु बहादुर विष्टको सभाध्यक्षतामा भएको थियो । राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा थाहानगर उपप्रमुखको विशेष आतिथ्यता रहेको थियो ।