FAQs Complain Problems

Flash News

वार्ड १

पर्यटकीय नगर थाहा नगरपालिकाको वडा नं. १ साबिक बज्रबाराही ६,७ र पालुङ १,२ गाउँ विकास समिति वडाहरु मिलेर बनेको छ । यहाँको जनसंख्या ३८२५ रहेको छ । जस अन्तर्गत महिला १९५५ पुरुष १८७० छन् । यस वडाको मुख्य पर्यटकीय क्षेत्रहरु कुन्छाल गाँउ, बाराही चौर, गहते मोड, कुलगाँउ, कुटिप्वाकल, कोटथुम्की, ओखरबजार र झम्केश्वरी रहेका छन् ।
यो वडामा नेवार,तामाङ,क्षेत्री,बाहुन र दलित जातीहरुको बसोबास रहेको छ। नेवार जातिको बाहुल्यता रहेको छ । यस वडाबासीको मुख्य आय स्रोत कृषि,ब्यापार र पेशा रहेको छ । यस वडा १६०० देखि २२०० मीटरको उचाइसम्म फैलिएको छ । यस वडामा सामुदायिक विद्यालयमध्ये प्रावि ३ वटा, मावि २ वटा, रहेका छन् । यस वडाको मुख्य मन्दिरहरु बाराही मन्दिर ,गौखुरेश्वर महादेव,चन्देश्वरी महादेव,झम्केश्वरी,खानीगाँउ गुम्बा, शिबमन्दिर,गणेश मन्दिरहरु रहेका छन् ।
यस वडामा कृषक समूहहरु १० वटा र कृषि फार्महरु.५ वटा रहेका छन् । यस वडामा ठूला होटल २ वटा र होमस्टेहरु .२५ वटा रहेका छन् । होमस्टे व्यवस्थापन समिति १ वटा रहेका छन् । यस वडामा ३ वटा सहकारीहरु रहेका छन् । यस वडामा खोप केन्द्र १ वटा रहेका छन् । यस वडाको वडास्तरीय सडक क्रेशर डाँडा कुलगाँउ पोखरी डाँडा हुदै कुन्छाल सम्म हो भने सहायक सडकहरुमा कुलगाँउ कृषि सडक,गहते सडक,पोखरी डाँडा खोलाखर्क कृषि सडक,खानीगाँउ कुटिप्वाकल सडक,ओखरबजार झम्केश्वरी सडक,टाखेल सडकहरु पर्दछन् । यस वडा त्रिभुवन राजपथसगँ जोडिएको छ ।

Population: 
३८२५
Ward Contact Number: 
९८५५०८९३०१
Weight: 
1

आपतकालिन फोन नम्बरहरु

थाहानगरको पर्यटकीय क्षेत्र घुमफिर र बसोबासका लागि: