FAQs Complain Problems

Flash News

थाहा नगरपालिका पुरस्कृत

कार्य सम्पादन मूल्याङ्कनका आधारमा थाहा नगरपालिका मकवानपुर जिल्लाकै उत्कृष्ट स्थानीय तह घोषित भएको छ । 

जिल्लाका १० स्थानीय तहमध्ये उत्कृष्ट कार्यसम्पादन गरेको आधारमा जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्ला सभामा थाहा नगरपालिकालाई सम्मान गरिएको हो । सभामा थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टलाई सभाका प्रमुख अतिथि एवं प्रदेश–३ का मुख्य मन्त्री डोरमणी पौडेलले सम्मानपत्र प्रदान गर्नु भएको थियाे ।

थाहाले स्थानीय तह संचालन ऐन, नगरसभाले गरेको निर्णय, नगरबाट निर्माण भएका ऐन तथा कार्यविधिको आधारमा सहभागितात्मक विकास अवधारणालाई दीगो र संस्थागत गरेको, सेवा प्रवाह, आर्थिक नियमितता सुशासनलगायतका कार्यमा उदाहरणीय कार्य गरेकोले सम्मान गरिएको जिल्ला समन्वय समितिले जनाएको छ । जिल्ला समन्वय समिति मकवानपुरले सूचक नै बनाएर स्थानीय तहहरुको मुल्याङ्कन गरी सम्मान गरिएको समन्वय प्रमुख रघुनाथ खुलालले जानकारी दिनूभयाे । उहाँले स्थानीय तहहरुलाई राम्रो काम गरेर उदाहरणीय बन्न अनुरोध गर्नुभयाे ।

थाहा नगरपालिकालाई जिल्ला समन्व्य समितिले सम्मान गरेकोमा नगर प्रमुख लवशेर विष्टले खुशी व्यक्त गर्नुभयाे । नगर प्रमुख विष्टले नगरबाट भएका सकारात्मक कामको जिल्ला समन्वय समितिले मूल्याङ्कन गरेकोमा धन्यवाद व्यक्त गर्नुभयाे । । समग्र नगरको कार्यसम्पादनमा दत्तचित्त भएर काम गर्ने सम्पूर्ण जनप्रतिनीधि तथा कर्मचारीहरुप्रति विष्टले आभार व्यक्त गर्नुभयाे । । आगामि दिनमा पनि नगरको कामको गुणस्तर र समयसीमामा कहिल्यै कन्जुस्याई नगरिने उहाँले बताउनुभयाे । 

आपतकालिन फोन नम्बरहरु

थाहानगरको पर्यटकीय क्षेत्र घुमफिर र बसोबासका लागि: