FAQs Complain Problems

Flash News

संक्षिप्त परिचय

पृष्ठभूमि

थाहा नगरपालिका मध्य नेपालमा पर्ने मकवानपुर जिल्लाको दोस्रो नगरपालिका हो । नेपाल सरकारको मिति २०७१ साल वैषाख २५ गतेको निर्णयानुसार यस जिल्लाको उत्तरी क्षेत्रमा पर्ने साविक पहाडि गा.वि.स हरु दामन, पालुंग र बज्रबाराहीको सम्पूर्ण भुभाग समेटेर यो नगरपालिका घोषणा भएको थाहा नगरपालिकामा वि.सं. २०७३ सालमा चित्लाङ, आग्रा र टिष्टुङ गाविस समेटिएको छ ।  जनतालाई सुसुचित एवं जागरुक वन्न अभिप्रेरित गर्दे थाहा अभियान चलाउनु हुने स्वर्गीय श्री रुपचन्द विष्टको स्मरण गर्दे यस नगरपालिकाको नाम थाहा नगरपालिका राखिएको हाे । 

यो नगरपालिका महाभारत श्रृखलाको मध्य भागमा उपत्यकाको रुपमा रहेको छ । यस नगरक्षेत्रको उच्च भागमा रहेको दामन भ्युटावरवाट विश्वको सर्वोच्च शिखर सगरमाथा सहित २५ भन्दा बढि उच्च हिमशिखरहरुको प्रत्यक्ष मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । आर्कषक पदमार्ग, शितोष्ण हावापानी, विभिन्न धार्मिक स्थलहरु, प्रशस्त जैविक विविधता जस्ता सम्पदाहरु रहेका कारण यस नगरलाई पर्यटकीय नगरिको रुपमा विकास गर्न सकिने ठुलो संभावना रहेको छ । प्रशस्त उर्वर कृषि भुमि यस क्षेत्रको अर्को वरदान सावित हुदै गएको देखिन्छ । यस क्षेत्रका किसानहरुले वार्षिक १ अर्व वरावरको तरकारी मात्र देशका प्रमुख शहरहरु र छिमेकी देश भारतमा समेत निर्यात गर्ने गर्दछन । मुलुकको सवै भन्दा जेठो राजमार्ग त्रिभुवन राजपथले यस नगरको करिव वीच भागबाट चिर्दे तराई र नेपालको राजधानी काठमाण्डौ जोडेकोछ । जिल्ला सदरमुकाम र राजधानी काठमाण्डौको करिव वीच भागमा पर्ने यो नगरकाे केन्द्रबाट दुवै शहरको सडक दुरी करिव ६५ कि.मि रहेको छ ।

आपतकालिन फोन नम्बरहरु

थाहानगरको पर्यटकीय क्षेत्र घुमफिर र बसोबासका लागि: