FAQs Complain Problems

Flash News

वार्ड ११

पर्यटकीय नगर थाहा नगरपालिकाको वडा नं. ११  साबिक टिष्टुङ गाउँ विकास समिति वडाहरु १,२,३ र ५ मिलेर बनेको छ  । यहाँको जनसंख्या ४५४७ रहेको छ । जस अन्तर्गत महिला २२०७ पुरुष २३४० छन् ।

यस वडाको मुख्य पर्यटकीय क्षेत्रहरु भाल ओढार, पाखारी चौर, लेन्खु दमार  रहेका छन् । यो वडामा तामाङ, मगर, कामी, दमाई राई जातीहरुको बसोबास रहेको छ । तामाङ जातिको बाहुल्यता रहेको छ । यस वडाबासीको मुख्य आय स्रोत कृषि रहेको छ । यस वडा ११०० देखि २३०० मीटरको उचाइसम्म फैलिएको छ । यस वडामा सामुदायिक विद्यालयमध्ये प्रावि ५वटा, निमावि १ वटा र मावि १ वटा रहेका छन् । 
यस वडाको मुख्य मन्दिरहरु महांकाल मन्दिर, बागेश्वरी मन्दिर, कालीदेवी मन्दिर (सबै मन्दिरहरुको नाम लेख्नुस)  रहेका छन् । यस वडामा कृषक समूहहरु ४ वटा र कृषि फार्महरु २ वटा रहेका छन् । यस वडामा ३ वटा सहकारीहरु रहेका छन् । यस वडामा स्वास्थ्य चौकी १ वटा र खोप केन्द्रहरु २ वटा रहेका छन् । 
यस वडाको वडास्तरीय सडक देउराली डांडीघाट सडक हो भने सहायक सडकहरुमा नौखण्डे मेलखोला सडक, छातेटोल फलाटे सडक, मालागिरी मेलखोला सडक, देउराली मनकामना सडक, तलाऊ सडक (सबै सडकको नाम लेख्नुहोस्) पर्दछन् ।  यस वडा त्रिभुवन राजपथबाट ० कि.मि. टाढा रहेको छ ।
 

Population: 
४५४७
Ward Contact Number: 
९८४५५३५९०९
११ नम्बर वडाको कर्मचारी तथा जनप्रतीनिधीको विवरण 2079/80
Weight: 
11

आपतकालिन फोन नम्बरहरु

थाहानगरको पर्यटकीय क्षेत्र घुमफिर र बसोबासका लागि: