FAQs Complain Problems

Flash News

आर्थिक वर्ष २०७२/०७३ को नगरपरिषदबाट पारित निर्णयहरु

निर्णयहरुः
१. भौतिक पूर्वाधार विकासः
१. सडक निर्माण सम्बन्धमा नगरपालिका सडक गुरुयोजना अन्तर्गत रिङ्ग रोड भित्र परेका सडकमा कम्तीमा ७ मिटर र अन्यमा भित्री सडकको हकमा कम्तीमा ४ मिटर कायम गर्ने ।
२. मर्मत गर्नुपर्ने सडकहरुको हकमा नगर गुरुयोजनामा परेका सडकहरुका लागि मर्मत गर्न मर्मत संभार कोष खडा गर्ने ।
३. शिक्षा अन्र्तगत प्राथमिकता क्रम निर्धारण भई वडाबाट आएका योजनाहरुलाई शिक्षा कार्यलय तथा पुर्ननिर्माण प्राधिकरण अन्र्तगत निर्माण गर्न सिफारिस गर्ने ।
४. नगरपालिकाले बजेट विनियोजन गरी रहेको र अधुरो रहेका भवनलाई प्राथमिकता हेरी पूरा गर्दै जाने ।
५. ढल निकास सम्बन्धमा वडाबाट माग भई आएका योजनालाई खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा पहल गर्ने ।
१०. अब उपरान्त नगरपालिका अन्तर्गत कुनै पनि गोरेटो बाटोलाई जनसहभागिता मार्फत सम्पन्न गराउने ।
११. वडाबाट सिफारिस भई आएका आयोजनाहरुका लागि प्राथमिकता अनुसार बजेट विनियोजन गर्दै जाने ।
१२.गुरुयोजनामा नपरेका सडकमा रकम विनियोजन नगर्ने ।
२. खानेपानी तथा सरसफाइः
१. आर्थिक वर्ष २०७३÷०७४ को वडा भेलाबाट छनौट भइ आएका योजनाहरुलाई प्राथमिकता क्रम निर्धारण गरी बजेट विनियोजनका लागि पहल गर्ने ।
२. वि.सं. २०७२ साल वैशाख १२ र २९ गतेको विनासकारी भूकम्पबाट क्षति पुग्न गइ खानेपानी समस्या रहेको ठाउँमा उललेखित शीर्षकमा आएको बजेटको कार्यान्वयनको लागि प्रभावित क्षेत्रको अनुगमन गरी बजेट विनियोजन गर्न पहल गर्ने ।
३. खानेपानी पाइपको माग भई आएको ठाउँमा तथा अन्य संवेदनशील ठाउँको निरीक्षण गरी वडा नागरिक मञ्चको संयोजक तथा सदस्यको सहयोग र सुझावमा खानेपानी तथा सरसफाई समितिको सिफारिसमा प्रभावित क्षेत्रमा तुरुन्त पाइप वितरण गर्ने ।
४. थाहा नगरपालिका क्षेत्र भित्रपर्ने प्रतिघर एक धारा निर्माण गर्ने नीति अघि सार्ने तथा थाहा नगरपालिका क्षेत्र भित्रको प्रत्येक वस्ति तथा घरले यस नगर क्षेत्र भित्रको खानेपानीको स्रोतको उपभोग गर्न पाउने ।
५. फोहोरमैला व्यवस्थापनको सम्बन्धमा वि.सं. २०७२÷०९÷१५ को फोहोरमैला व्यवस्थापनको अभिमुखीकरण कार्यक्रमको आधारमा फोहोरमैला व्यवस्थापनको विभिन्न योजना नीति तथा कार्यक्रमहरु बनाइ लागू गर्ने ।
६. नगर क्षेत्रको फोहोर मैला व्यवसथापनको लागि नीजि क्षेत्रको साँझेदारीमा फोहोरलाई मोहर कार्यक्रम संचालन गर्ने ।
३. कृषि विकास
१) थाहा नगरपालिका लाई बैज्ञानिक ढंगबाट कृषिलाई बयवस्थापन गरी ब्यवसायिकरण गर्न आत्म निर्भर बनाउनका आवश्यक बजेट विनियोजन गर्ने ।
२) सरकारी तथा गैर सरकारी कार्यालयहरुको सहकार्यमा निम्न बमोजिमका कार्यक्रमहरु संचालन गर्न पहल गर्ने ।
क) कृषि तालिम (उद्दमशिलता बिकास ) ।
ख) स्प्रिङकल सिचाँई तथा प्लास्टिक पोखरी निर्माण ।
ग) जैविक खेती बिकास र कृषक पाठशाला १ ओटा नमुना तयार गर्ने ।
घ) कि.बि.खेती ः कम्तिमा ५० बोट लगाउदा बिरुवा ५० प्रतिशत अनुदानको ब्यवस्थापन गर्ने जसमा थांग्रा ब्यवस्थापनको समेत कार्यक्रम रमख्ने ।
ङ) ओखर बिरुवा बितरण ।
च) पशु नश्ल सुधारमा अनुदानको ब्यवस्था १५ वटै वडामा ।
छ) खेती योग्य जमिनमा घर निर्माणमा निरुत्साही (भु–उपयोगी निती अवलम्बन) ।
ज) बन्द रहेको प्राविधिक शिक्षालय संचालन गरी कृषि तथा पशु प्राबिधिक उत्पादन गर्ने ।
झ) सहकारी खेती बिस्तार कार्यक्रम ।
ञ) गुणस्तरीय बिउ आलुको स्रोत केन्द्रको बिकास तथा गुणस्तरीय आलु उत्पादन बढाउने कार्य ।
ट) कृषि उपज संकलन केन्द्र ब्यवस्थापन स्थापना र बाहिरी बजारसंग पहुँच बढाउने ।
ठ) अगुवा कृषक अवोलोकन भ्रमण ।
ड) लिफट सिँचाई नमुना प्रदर्शन ।
ढ) प्लाष्टिक टनेलमा बेमौसमी तरकारी खेती बिस्तार कार्यक्रम (१५ वडामा )
ण) ट्राउट माछा उत्पादन कार्यक्रम ।
त) बाली बिमा कार्यक्रम बढाउन जनचेतना मुलक कार्यक्रम र सम्बन्धित कार्यलयहरु संग सहकार्य ।
थ) गोठ सुधार कार्यक्रम ।
द) एक घर एक बगैचा कार्यक्रम ।
ध) शीतभण्डार निर्माण ।
न) चौरी, भेडा पालन (सिमभञ्ज्याङ्ग)
प) माछा पालन कार्यक्रम प्रर्वद्धन ।
फ) वागवानी फार्म को जग्गा ब्यवस्थापन।
ब) कृषि जन्य बिभिन्न उद्योगका लागी प्रोत्साहन गर्ने ।
भ) सिँचाई व्यवस्थापनका भौतिक पुर्वाधार निर्माण गर्ने ।
म) एक वडा एक प्राबिधिक तथा प्राङ्गारीक गाउँको बिकास गर्ने ।
४. जनसंख्या तथा सामाजिक विकास ः
१. प्राथमिक स्वास्स्य केन्द्र पालुङलाई आर्थिक वर्ष २०७३÷०७४ भित्र १५ शैथ्याको अस्पतालमा स्तर वृद्धि गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने ।
२. २०७२ वैशाख १२ गतेको भूकम्पले बज्रवाराही स्वास्थ्यचौकी भवन पूर्ण रुपमा क्षति भएको र नयाँ भवन निर्माणको लागि संस्थाले भोग चलन गर्दै आएको मध्येबाट १० रोपनी जग्गा जिल्ला मार्फत केन्द्रमा पहल गर्न अनुरोध गर्ने ।
३. प्राथमिक स्वास्थ्य केन्द्र पालुङको कम्पाउण्ड नभएकोले चौपायाहरु छाडा भई केन्द्र परिसरमा प्रवेश तथा स्टाफहरु सुरक्षित नभएको साथै सरुवा रोगको समेत जोखिम रहेकोले उक्त ठाउँमा कम्पाण्डवाल लगाउन आवश्यक पहल गर्ने ।
४. थाहा नगरपालिका भित्र रहेको तीनवटा स्वास्थ्य संस्थामा खोपलाई सुरक्षित गर्न गुणस्तरीय सेवा प्रदान गर्न निर्मलिकरण गर्नुपर्ने भएकोले ३ वटा संस्था मध्ये पालुङ स्वास्थ्य चौकी र बज्रवाराही स्वास्थ्य चौकीमा कुनै पनि आम्दानीको स्रोत नभएकोले प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा हुने आम्दानीले पनि प्रयाप्त नहुने कारण आवश्यक विद्युत महशुल भुक्तानीको लागि स्वास्थ्य सेवा विभागमा पहल गर्ने ।
५. स्वास्थ्य संस्थाबाट निस्कने फोहारहरु मानव स्वास्थ्यका लागि ज्यादै हानीकारक हुने हुनाले समयमै उचित व्यवस्थापनको लागि थाहा नगरपालिका भित्र रहेको स्वास्थ्य संस्थाहरुमा एक÷एक ओटा इन्सिीरेटर उपलब्ध गराउनका लागि पहल गर्ने ।
६. थाहा नगरपालिका वडा नंबर ११ मा रहेको गाउँघर क्लिनीक वैशाख १२ को भूकम्पले भत्किीएकोले सेवा संचालन गर्न कठिनाइ भइरहेको हुँदा उक्त भवन निर्माण गर्नका लागि पहल गर्ने ।
७. थाहा नगरपालिका वडा नंबर ९ मा रहेको दामन नगर स्वास्थ्य क्लिनीक भवन निर्माण तथा व्यवस्थापनका लागि ३ लाख रुपियाँ विनियोजनका लागि पहल गर्ने ।
८. जिल्ला वन कार्यालयको स्वीकृत वार्षिक कार्यक्रम अनुसार वृक्ष सुधार तथा नीजि वन कार्यक्रम तर्फको वन व्यवस्थापन तथा चिल्ड्रेन पार्क निर्माण गर्न यस थाहा नगरपालिका अन्तर्गत वडा नंबर ८ नयाँगाउँमा रहेको सार्वजनिक जग्गामा आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि पहल गर्ने ।
९. थाहा नगर अन्तर्गत रहेका सामुदायिक वनमा रहेका गोब्रे सल्लाको रुखहरुले पानीको मुहान सुकाउने हुनाले त्यस्ता रुखहरुको क्लष्टर छुट्याई अन्य प्रजातीका रुखरुको वृक्षारोपन गरी पानीका मुहान बढाउने कार्यक्रम संचालन गर्ने र सल्ला विस्थापन गर्दा प्राप्त हुने रोयल्टी वापतको रकम वृक्षारोपनको क्षेत्रमा खर्च गर्ने ।
१०. थाहा नगरपालिका अन्तर्गतका वडाहरुमा सेवारत् महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई उपलब्ध गराउँदै आएको यातायात तथा खाजा खर्च वापतको रकममा ५०० यथावत कायम गर्ने र बजेटको परीधि हेरी वृद्धि गर्दै जाने ।
११. थाहा नगरपालिकाको बज्रवाराही स्वास्थ्य चौकीमा रहेको कार्यालय सहयोगीको पारिश्रमिक यस अघि पनि उपलब्ध गराइरहेकोमा त्यसलाई निरन्तरता दिने ।
१२. थाहा नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको वैठक अनुसार २ जना अहेब नियूक्त गरी मासिक ८००० मा सेवा गर्दै आएकोमा निजहरुको पारिश्रमिकमा यथावत कायम गर्ने र बजेटको परीधि हेरी वृद्धि गर्दै जाने ।
१३ वैशाख १२ गतेको भूकम्पबाट बज्रवाराही स्वास्थ्य चौकीको बर्थिङ सेन्टर पूर्ण रुपमा क्षति हुन गएकोले हाल ओपीडि संचालन भइरहेको भवन पनि जिर्ण भई पानी चुहिने अवस्थामा रहेकोले नगरपालिकाको आर्थिक सहयोगमा निर्माणाधिन भवन पूरा गर्न आवश्यक बजेट स्टमेट गर्दा रु. ४,२७००० लाग्ने भएकोले उक्त बजेट निकासाका लागि पहल गर्ने ।
१४ विपद्का हिसाबले जोखिम रहेको थाहा नगरमा पूर्व तयारीका लागि आवश्यक औषधि खरिदका लागि तीनवटा स्वास्थ्य केन्द्रका लागि कोष खडा गर्न पहल गर्ने ।
१५. थाहा नगरको फोहोर व्यवस्थापनका लागि आवश्यक पहल र बजेट व्यवस्था गर्ने ।
१६. प्राथमिक स्वास्थ्य केन्द्रका लागि ३०० एमएको एक्सरे मेशिन खरिदका लागि पहल गर्ने ।
५. पर्यटन विकास ः
१. थाहा नगरपालिकाको सम्वृद्धिको आधारको रुपमा रहेको पर्यटन क्षेत्रलाई विकासको आधारशिला बनाउन आवश्यक रणनीतिहरु तयार गर्न पर्यटनसंग सम्बन्धीत विज्ञहरुको सल्लाह र सुझव लिई पर्यटकीय क्षेत्रहरु विविधीकरण गर्न आवश्यक पर्यटकीय गुरु योजना तयार गर्ने ।
२. थाहा नगरपालिकाको प्रमुख पर्यटकीय पहिचानको रुपमा रहेको दामनको भ्यू टावरलाई नगरपालिकाको मातहतमा ल्याउन पहल गर्ने र विनासकारी भूकम्पले त्यस भ्यू टावरमा परेको क्षतिको विवरण निकाली सो भ्यू टावरको आधुननिकीकरण पुर्ननिर्माण र पुनः संचालन गर्न भूकम्पपछि गठनभएको पुर्ननिर्माण प्राधिकरण समक्ष पहल गर्ने ।
३. थाहा नगरपालिका क्षेत्र भित्र रहेका सार्वजनिक जग्गाहरुलाई यस नगरपालिका मातहतमा ल्याउने र त्यस्ता जग्गाहरु तथा पर्यटन विकासका लागि संभावित सामुदायिक वन क्षेत्रका जग्गाहरु पर्यटन प्रवद्र्धन गर्नका लागि उपयोग गर्न कानुनी प्रक्रिया अघि बढाउने
४. थाहा नगरपालिकाको वडा स्तरमा भएको वडाभेलाबाट आएका पर्यटन सम्बन्धी योजना तथा ति योजनाहरुमा छुट भएका योजनाहरुलाई प्राथमिकताको आधारमा क्रमशः कार्यान्वयन गर्दै लैजाने ।
५. थाहा नगरमा रहेका ठूला होटलहरुको सूची बनाई त्यस्ता होटलहरुमा आउने पर्यटकहरुले गरेको खर्चमा २ प्रतिशत पर्यटन विकास शुल्क लगाई त्यसबाट उठेको रकममा शत् प्रतिशत थप गरी पर्यटन क्षेत्रमा लगानी गर्ने ।

६. बस्ति विकास र शहरीकरण ः
१. थाहा नगरपालिकाको भू–उपयोग नीति तयार गर्ने ।
२. विद्युत प्राधिकरणदेखि जेसीजमार्ग र सेति गणेश निमाविदेखि इन्द्रायणी मोटरबाटोको बीचमा व्यवीसथत बसोबास कार्यक्रम संचालन गर्ने र यस क्षेत्रमा दुई वर्ष भित्रमा एउटै डिजाइनका घर र रंङको प्रयोग गर्ने ।
३. थाहा नगरपालिका काठमाण्डौबाट नजिक रहेको र पर्यटनको समेत प्रचुर र संभावना बढेको हुँदा थाहा नगरपालिकालाई स्याटेलाईट सिटिको रुपमा विकास गर्ने ।
७. आर्थिक विकास ः
१) आर्थिक प्रशासन ऐन तथा नियमावली तथा स्थानिय स्वायत्त शासन ऐन २०५५ र नियमावली २०५६ लाई आधारमानी यस दामन, पालुङ्ग, बज्रबाराहीमा उत्पादित तरकारी जन्य पदार्थमा लगाएको करमा दिने छुट प्रथालाई अन्त्य गर्ने ।
२) कृषकहरुको आर्थिक उन्नतीको लागि अवलोकन भ्रमणको ब्यवस्था गर्ने ।
३) भुकम्प पिडितहरुको घरटहरा निर्माण मा ढुङ्गा, गिट्टी, बालुवा उपभोग गर्दा जि.बि.स. ले लिने करमा छुट (मिनाहा) दिने ब्यवस्था गर्न सरोकार निकायलाई अनुरोध गर्ने ।
४) नगरपालिकामा ब्यवसाय कर न्युन असुल भएकाले यसलाई प्रभावकारी ढंगबाट अशुल हुने वातावरण मिलाउने ।
५) एकिकृत सम्पति कर यस आ.व. मा सन्तोष जनक रुपमा असुली हुन नसकेको हुँदा यसलाई पनि बैधानक गर्ने।
६) घर निर्माण गर्दा नक्सा पासको ब्यवस्था अनिवार्य गर्ने ।
७) वडागत रुपमा अशुल भएका बिभिन्न कर तथा दस्तुरहरुलाई केन्द्रिकृत प्रणली अपनाउने ।
८. खेलकुद विकास
१) थाहा नगर स्तरीय थाहा रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता थाहा नगरपालिका आयोजक रहने गरी खेल संचालन गर्ने ।
२) थाहानगर पालिका भित्र रहेका खेल मैदानहरुको पहिचान गर्ने र निम्नलिखित खेल मैदानहरुलाई स्तरिकरण गर्दै खेल संचालन गर्ने ।
क) ईन्द्रायणी चौर ।
ख) बज्रबाराही चौर ।
ग) भत्यारचौर भलिबल खेल मैदान ।
घ) झम्केश्वरी खेल मैदान ।
ङ) फाँटबजार खेल मैदान ।
च) प्राकृतिक रंगशाला ।
छ) बज्रबाराही संयुतm वडा कार्यालय भित्र रहेका चौरलाई कराँते र बक्सिङ खेल मैदान ।
ज) काला भैरब खेल मैदान
३) थाहा नगरपालिका भित्रका वडा नं १ देखि १५ सम्मका बिभिन्न क्लबहरुलाई खेलकुद समितिमा आबद्ध गराई साधरण सदस्य लिई नगरस्तरीय खेलकुद समिती गठन गर्ने ।
४) थाहा नगरपालिकाको वार्षिक खेलकुद क्यालेण्डर बनाई क्यालेण्डर अनुसार तोकिएको खेल खेलकुद विकास समिति मार्फत खेलाउने ।
५) थाहा नगरपालिकाबाट खेलकुद लक्षित रकम नेपाल सरकारको निर्णय अनुसार बिनियोजन गर्न पहल गर्ने ।
६) थाहा नगर पालिकामा रहेका बिभिन्न क्लब, संघ संस्थाहरुबाट मनोमानी रुपमा खेल संचालन गर्दै आएको हुँदा अब उप्रान्त थाहा नगरपालिका खेलकुद बिकास समितिको निर्णय र वार्षिक क्यालेण्डर अनुसार खेल संचालन गर्ने र खेलकुदहरु आफु खुशी संचालन गरेमा नगरपालिकाबाट कुनै पनि आर्थिक सहयोग नगर्ने ।
७) थाहा नगर पालिकामा खेलकुद संचालन गर्न बिभिन्न खेलकुदको प्रशिक्षक खेलकुद सामागी्र सहितको ब्यवस्था गरी थाहा नगर भित्र रहेका खेल मैदानको स्तरीकरण गर्ने र स्तरीकरणको लागी खेलकुद मन्त्रालय संग रकम माग गरी स्तरीकरण मा जोड दिने ।
८) थाहा नगरपालिका भित्र रहेका खेलाडीहरु जस्तै भलिबल टिम, फुटबल टिम, कराँते, बक्सिङ, क्रिकेट टिमहरु थाहा स्तरीय उत्पादन गरी राष्ट्रिय अन्र्तष्ट्रिय क्षेत्रीय टिम बनाउन प्रशिक्षक सहित रहने गरी व्यवस्था गर्ने ।
९. राजश्व परामर्श ः
१. थाहा नगरपालिका कार्यालयको आर्थिक वर्ष २०७२÷०७३ को श्रावण महिनादेखि संकलन भएको एकीकृत सम्पत्ती कर प्रणालीमा न्यूनतम रु. २ लाख ५० हजारसम्मको मूल्याङ्कन भएको सम्पत्तिको वार्षिक सम्पत्ति कर रु. २५ निर्धारण गरी कार्यान्वयनमा ल्याइएकोमा सो न्यूनतम दरलाई रु.५०÷– कायम गर्ने ।
२. मकवानपुर उद्योग वाणिज्य संघ उत्तरी क्षेत्र समितिसंग सहकार्य र समन्वय गरी व्यवशायीहरुलाई करको दायरामा ल्याउन यथासक्य छिटो उद्योग वाणिज्य संघ र नगरपालिकाको समन्वयमा नगरपालिका क्षेत्रको विभिन्न स्थानहरुमा कर शिविर संचालन गर्ने ।
३. सडक क्षेत्रको मुल्याङ्कन सम्बन्धमा यस आर्थिक वर्षका लागि सोही मूल्याङ्कन यथावत राख्ने ।
४. यस थाहा नगरपालिका क्षेत्र भित्र रहेका होडिङ बोर्ड, विज्ञापन सामाग्री, फुटपात पसल, मेला तथा पर्वहरुको व्यवशाय उद्योग वाणिज्य संघको समन्वय गरी कार्यान्वयनमा ल्यायएको देशका अन्य नगरपालिकामापनि उद्योग वाणिज्य संघ मार्फत त्यसको व्यवस्थापन तथा करको दायरामा ल्याइ अन्य नगरपालिका सरह संकलित रकमबाट उद्योग वाणिज्य संघलाई पनि केही हिस्सा प्रदान गरिने सो रकमको निर्धारण नगरपालिका, उद्योग वाणिज्य संघको आपसी समझदारीबाट निर्धारण गर्ने ।
५. आर्थिक विकास सहयोग समितिलाई नगरको राजश्व परामर्श समितिमा समायोजन गरी एकीकृत गर्ने ।
६. नगर क्षेत्रमा संचालित व्यवशाय करबाट उद्योग वाणिज्य संघको सिफारिसमा नगरपालिका कार्यालयमा विधिवत दर्ता हुन आएका वयवशायीबाट, होडिङबोर्डबाट, मेला, सर्कस, जात्रा आदिबाट उठेको करको २५ प्रतिशत नगरपालिकाले उद्योग वाणिज्य संघको विकासका लागि दिने निर्णयलाई निरन्तरता दिने।
७ यस थाहा नगरपालिका मार्फत संकलन गरिने करको दर रेटमा कुनै कुरा थपघट संशोधन गर्नुपर्ने भएमा दुवै पक्षको आपसी समझदारीमा समाधान गरी नगरको समग्र आर्थिक समाजिक र नैतिक विकासमा टेवा पु¥याउने ।
८. नगर क्षेत्रमा उठ्न सक्ने आन्तरिक स्रोतहरुको खोजी गर्ने ।
१०. लक्षित वर्गः
१. लक्ष्ति वर्गको बजेट लक्षित सञ्जालहरुबाट योजना छनौट गरि कार्यान्वयन गर्ने ।
२. लक्षित वर्गको बजेटबाट ६०प्रतिशत भौतिक पूर्वाधार र ४०प्रतिशत कार्यक्रममा खर्च गर्ने ।
३. लक्षित वर्गको बजेट आयआर्जन क्षमता विकास र लघु उद्यम क्षेत्रमा योजना छनौट गर्न प्राथमिकता दिने ।
४. बालबालिका लक्षित कार्यक्रमबाट बालउद्यान निर्माण गर्ने र बालउद्यान निर्माणमा सहयोग गरिदिन दातृ निकायमा पहल गर्ने ।
११. संगठन प्रशासन तथा सुशासनः
१. थाहा नगरपालिकाको निर्माणाधिन कार्यालय भवन निर्माण भई सकेपछि कार्यालय भवनको रेखदेख र सुरक्षा गर्न सुरक्षा गार्ड (पाले) दरबन्दी सृजना गरी पदपूर्ति गर्न पहल गर्ने ।
२. यस थाहा नगरपालिका विभिन्न बजार क्षेत्रमा सुरक्षा व्यवस्था कायम गर्न र पर्यटकहरुको तथा व्यवशाय कर असुलीमा सहयोग पु¥याउन नगर प्रहरीको व्यवस्था गर्ने ।
३. यस थाहा नगरपालिकाको विभिन्न क्षेत्रहरुमा रहेको खाली ऐलानी र परती जग्गाको खोजी गरी नगरपालिकाको मातहतमा ल्याउन एकजना अमिनको व्यवस्था गर्न दरबन्दी सृजना गरी पदपूर्त गर्ने ।
४. थाहा नगरपालिका क्षेत्रभित्र विना स्वीकृत घर भवनहरु निर्माण भइरहेकोले सो अनुगमन गर्न पहल गर्ने ।
५. थाहा नगरपालिका अन्तर्गत संचान हुने योजनाको उपभोक्ता समिति गठन गर्दा समितिमा संख्यात्मक भन्दा पनि दक्ष र अनुभवी व्यक्तीहरुलाई चयन गर्ने ।
६. थाहा नगरपालिका घोषणा भएको समय भन्दा अघिदेखि कार्यरत् सरसफाई स्वीपर २ जना, तथा हालको फोहोरमैला उठाउने टिपरमा हाल्ने एकजना समेत गरीजम्मा तीन जना स्वीपरको दरबन्दी स्वीकृत गर्ने ।
७. यस थाहा नगरपालिका संयूक्त वडा सेवा केन्द्र पालुङ, दामन र बज्रवाराहीमा दैनिक प्रशासन सम्बन्धी कार्य बोझ बढ्दै गएको र कर्मचारीको अभाव समेत भएकाले रिक्त दरबन्दी पूरा गरी थप संयूक्त वडा कार्यालय विस्तार गर्ने ।
८. यस थाहा नगरपालिकामा कार्यरत कर्मचारीहरुको समयानुकुल क्षमता विकास विस्तार गर्न तालिमको व्यवस्था गर्ने ।
९. यस थाहा नगरपालिका अन्तर्गत रहेको निर्माण मजदुरहरुलाई आवश्यक तालिमको व्यवस्था गर्ने र प्राप्त तालिमको परिचयपत्र व्यवस्था गर्ने ।
१०. थाहा नगरपालिका कार्यालयमा कार्यरत कर्मचारीहरुको विगतदेखि खाइपाइरहेको सेवा सुविधालाई यथावत राख्ने र कोही कसैलाई तलब स्केल भन्दा कम भएमा स्केल बमोजिम कायम गर्ने ।
११. यस थाहा नगरपालिका कार्यालयमा कार्यरत कर्मचारीहरुको अवकाशपछि पाउने सेवा सुविधाको व्यवस्थापनको लागि स्थानीय स्वायत्त शासन नियमावली २०५६ अनुसार कर्मचारी कल्याणकोष व्यवस्था गरी आवश्यक विनियमको व्यवस्था गर्ने ।
१२. थाहा नगरपालिकामा संचालन हुने विभिन्न योजनाहरु संचालन गर्दा जन सहभागिता शुन्य हुने गरेको हुँदा चालू आर्थिक वर्ष देखि १५ प्रतिशत नगदै लागत सहभागिता जम्मा गरेपछि मात्रै योजना सम्झौता गर्ने ।
१३. योजनाहरुको गुणस्तरको अनुगमन गर्न राजनीतिक दलहरुको अनुगमन समिति गठन गर्ने र योजनाहरुको अन्तिम निकासा जाँच पास फरफारक गर्दा अनुगमन समितिको सिफारिस अनिवार्य गर्ने ।
१४. नगर क्षेत्रको जग्गालाई हाल साविक गर्न पहल गर्ने ।
१५. नगरपालिकाको गतिविधिहरुलाई जन समक्ष पु¥याउनको लागि रेडियो कार्यक्रम संचालन गर्ने ।
१२ . विविधः
१ सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्न बैङ्किङ प्रणाली मार्फत वितरण गर्ने व्यवस्था मिलाउने र पालुङ बहुउद्देश्यीय सहकारी संस्था थाहा–८ थाना बजारले साँझेदारी कार्यक्रम अन्तर्गत वितरण गरिदिन मनसाय व्यक्त गरी पत्र पठाएको हुँदा उक्त संस्थाबाट भत्ता वितरण गर्न सामाजिक सुरक्षा महाशाखामा स्वीकृत माग गर्ने निर्णय गरियो ।
२. नक्सापास मापदण्ड २०७२ लाई स्वीकृत गरी लागू गर्ने ।
३. थाहा नगरपालिकाको आर्थिक वर्ष २०७१÷०७२ को लेखा परीक्षण हुन बाँकी रहेको हुँदा लेखा परीक्षण गराई असुलउपर गर्नुपर्नेलाई र नियमित गर्नुपर्नेलाई नियमित गर्न नगरपालिकालाई निर्देशन दिने ।
४. नगरपालिकाको वार्षिक खरिद योजना स्वीकृत गरियो ।
५. पदपूर्ति समितिले दिएको प्रतिवेदन स्वीकृत गरियो ।
६. गरिबी निवारण कार्यक्रम थाहा नगरपालिकामा संचालन गरिदिन सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरियो ।
७. थाहा नगरपालिका गठन हुनु पूर्व बनेका घर संरचनाको नक्सा पास गर्न निवेदन पेश भएमा नक्सापास मापदण्ड २०७२ बमोजिम मापदण्ड पूरा भएमा मात्र नक्सापास गर्ने ।नक्शापास मापदण्ड २०७२बमोजिम मापदण्ड पुरा नगरेका घरलाई नगरपालिका स्थापना हुनु पूर्व निर्माण भएको भनी प्रमाणिकरण गरिदिने ।
८. थाहा नगरपालिकाको भू–उपयोग नीति निर्माणमा आवश्यक बजेट व्यवस्था गरिदिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा अनुरोध गर्ने ।
९. थाहा नगरपालिकामा बाल उद्यान निर्माण गरिदिनको लागि युनिसेफ र एलजीसिडिपीलाई अनुरोध गर्ने ।
१०. आगामि वर्षदेखि नगरपालिकाको ःऋएः हुने भएको हुँदा प्रत्येक सूचकहरु सम्बन्धीत फाँटहरुबाट हेरी तयारी रहने र सबैभन्दा बढि अंक प्राप्त गर्ने फाँटलाई पुरस्कार र कम अंग प्राप्त गर्ने फाँटलाई कार्बाही गर्ने ।
११. थाहा नगरपालिकामा संचालित गैर सरकारी संस्थाहरुले अनिवार्य रुपमा नगरपालिकामा कार्यक्रम तथा बजेट पेश गरी चौमासिक खर्च सार्वजनिक गर्ने र यसरी बजेट र कार्यक्रम पेश नगर्ने गैर सरकारी संस्थाहरुको कुनैपनि कार्यक्रममा नगरपालिका सहभागि नहुने ।
१२. विनियोजन भएको रकमलाई समयमा काम हुन नसक्ने वा ठुला योजन परिवर्तन गर्नु पर्ने भएमा नयरपालिकाको संयन्त्रले परिवर्तन गर्न सक्ने अधिकार दिने ।
१३. कार्यालयले छुट्याएका विभिन्न कोषहरु जस्तै, मर्मत संभार कोष, दैवी प्रकोप उद्धार कोष, कर्मचारी कल्याण कोष, कर्मचारी विनियमावली, कर्मचारी आचार संहिता र भैपरी कोषहरुको खर्च सम्बन्धी व्यवस्थापन गर्न विनियम बनाइ स्वीकृत गरी लागू गर्न नगरपालिकालाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो ।
१४. स्ट्रेन्थ इन्जिनियरिङ कन्सलट्यान्ट प्रा.लि. ले तयार गरेको थाहा नगरको यातायात गुरु योजना स्वीकृत गरी लागू गर्ने निर्णय गरियो ।
१५. जिल्ला वन कार्यालय अन्तर्गत रहेको पालुङ सेक्टर वन कार्यालय हाल भैसे गाविसमा रहेका कारण यस नगरपालिका क्षेत्रका सामुदायिक तथा निजी वनहरुमा काम गर्न बाधा परिरहेको हुँदा उक्त कार्यालयलाई भैसेबाट थाहा नगरपालिकामा स्थान्तरण गरिदिन जिल्ला वन कार्यालय हेटौंडालाई अनुरोध गर्ने ।

आपतकालिन फोन नम्बरहरु

थाहानगरको पर्यटकीय क्षेत्र घुमफिर र बसोबासका लागि: