FAQs Complain Problems

Flash News

वार्ड १०

पर्यटकीय नगर थाहा नगरपालिकाको वडा नं. १० साबिक चित्लाङ्ग गाउँ विकास समितिको वडा नं. ६, ७ र ९ मिलेर बनेको छ । यहाँको जनसंख्या जम्मा ४०८३ रहेको छ जसमा महिला २१४० र पुरुष १९४३ छन् । यस वडाको मुख्य पर्यटकीय क्षेत्रहरु भेडाफाराम,अंशुबर्मा शिलालेख,चम्पाकेश्वर मन्दिर र सितापाईला रहेका छन् । यो वडामा नेवार, बाहुन, क्षेत्री, दलित, मगर र तामाङ्ग जातीहरुको बसोबास रहेको छ भने यहाँ नेवार जातिको बाहुल्यता रहेको छ । यस वडाबासीको मुख्य आय श्रोत कृषि रहेको छ । यस वडा १५०० मीटर देखि १८५० मीटरको उचाईसम्म फैलिएको छ । यस वडामा सामुदायिक बिद्यालयहरु मध्ये निमावि १ वटा,उच्च मावि १ वटा रहेको छ । 
     
यस वडाको मुख्य मन्दिरहरुमा श्री चम्पाकेश्वर, गोरखनाथ, नाटेश्वर, महाचुनी, गणेश, कृष्ण, भगवती र बुद्ध रहेका छन् । यस वडामा जम्मा ९ वटा कृषक समुह, २ वटा सहकारी र २ वटा कृषि फर्महरु रहेका छन् । यस वडामा १ वटा होमस्टे रहेका छन् । यस वडामा १ शहरी स्वास्थ्य केन्द्र र २ वटा खोप केन्द्र रहेका छन् ।

यस वडाको वडास्तरीय सडक कँलाटु सडक हो भने सहायक सडकहरुमा टौखेल सडक, न्हुलगाउँ सडक, सोसिन्डोल देखि लामिडाँडा सडक, कमेरी देखि सितापाईला भाञ्याङ्ग सडक पर्दछन् । यस वडा त्रिभुवन राजपथबाट ८ कि.मी.टाढा रहेको छ ।

Population: 
४०८३
Ward Contact Number: 
९८४१७९७६९५
जनप्रतिनिधी र कर्मचारीहरुको विवरण
Weight: 
10

आपतकालिन फोन नम्बरहरु

थाहानगरको पर्यटकीय क्षेत्र घुमफिर र बसोबासका लागि: