FAQs Complain Problems

Flash News

वार्ड ५

पर्यटकीय नगर थाहा नगरपालिकाको वडा नं. ५ साबिक दामन र बज्रबाराहि गाउँ विकास समितिका वडाहरु क्रमशः ८ र ९,८ र ९ मिलेर बनेको छ  । यहाँको जनसंख्या ३२४७ रहेको छ । जस अन्तर्गत महिला १६४७ पुरुष १६०० छन् । यस वडाको मुख्य पर्यटकीय क्षेत्रहरु ठूलो फाकल चौतारा रहेका छन् । यो वडामा तामाङ्ग, नेवार, गुरुङ्ग, क्षत्री, ब्राम्हण र दलित जातीहरुको बसोबास रहेको छ । जस मध्ये तामाङ्ग जातिको बाहुल्यता रहेको छ । यस वडाबासीको मुख्य आय स्रोत तरकारी खेती ( काउली,बन्दा, मूला,गाजर,आलु) र खाद्यान्न हरु मकै कोदो फापर रहेको छ । यस वडा १५०० देखि २१९० मीटरको उचाइसम्म फैलिएको छ । यस वडामा सामुदायिक विद्यालय मध्ये प्रा.वि. ३ वटा, नि.मा.वि. १ वटा रहेका छन् । 
यस वडाको मुख्य मन्दिरहरु काली देवी मन्दिर, बिशेस्वर माहादेव मन्दिर, बागेश्वरी माहादेव मन्दिर, उत्पत्तेश्वर माहादेव मन्दिर,वाल्चेन छोई गुम्बा, सुन्दरी देवी मन्दिर, सूर्य बिनायक गणेश मन्दिर रहेका छन् । यस वडामा कृषक समूह हरु १ वटा रहेका छन् । यस वडामा २ वटा सहकारीहरु रहेका छन् । यस वडामा  खोप केन्द्रहरु ३ वटा रहेका छन् । 
यस वडाको वडास्तरीय सडक दामन नलिवन पिङ्गडाँडा भट्टेडाँडा सडक  हो भने सहायक सडकहरुमा झम्केश्वरी फूर्के बसन्त ग्रामिण सडक,मयल भञ्ज्याङ्ग सेरा सडक,रुप्से फूर्के सानो फाकल ईन्द्र सरोवर ग्रामिण कृषि सडक, डाँडाघर रातोमाटे खड्का टोल कृषि सडक, दामन भट्टेडाँडा कृषि सडक, लामगैह्रि सानो माखु ग्रामिण कृषि सडक, डाँडा गाउँ सिरान घर रुम्बाटोल कृषि सडक,गहते खोला–खोला खर्क दुर्गा प्रा.बि. तसर ग्रामिण सडक, सेरा सुन्तला घारी दुर्गा प्रा.बि. कृषि सडक, ढोक्चा तसर वडा कार्यालय ग्रामिण कृषि सडक, खोला खर्क बेत्तल डाँडा वडा कार्यालय टिनाल खाल्चाङ्ग पुरण्डी सेरा ग्रामिण सडक, नारायण टोल सिरुपाखा खोला घारी सानो फाकल  कृषि सडक, खोला खर्क फूर्के खड्का टोल कृषि सडक पर्दछन् ।  यस वडा त्रिभुवन राजपथबाट ९ कि.मि. टाढा रहेको छ । 
 

Population: 
३२४७
Ward Contact Number: 
९८५५०६८७५९
जनप्रतिनिधीहरुकाे विवरण
Weight: 
5

आपतकालिन फोन नम्बरहरु

थाहानगरको पर्यटकीय क्षेत्र घुमफिर र बसोबासका लागि: