FAQs Complain Problems

Flash News

कक्षा ८ को नगरस्तरीय परीक्षाफल प्रकाशन सम्बन्धमा

थाहा नगरपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षाफल २०७७ जेठ ५ गत प्रकाशन गरेको छ । शैक्षिक वर्ष २०७६ को नगरस्तरीय परीक्षाको परीक्षाफल नगरस्तरीय परीक्षा समितिले प्रकाशन गरेको हो । प्रकाशित नतिजा अनुसार ६ सय ९८ परीक्षार्थी मध्ये ३.६ जिपीए भन्दा माथि प्राप्त गर्ने परीक्षार्थीको संख्या ३८ रहेको छ । त्यस्तै ३.२ जिपीए भन्दा माथि प्राप्त गर्ने परीक्षार्थीको संख्या ८१, रहेको छ । २.८ जिपीए भन्दा माथि प्राप्त गर्ने परीक्षार्थीको संख्या ९३ रहेको छ । २.४ जिपीए भन्दा माथि प्राप्त गर्ने परीक्षार्थीको संख्या १७० रहेको छ । २ जिपीए भन्दा माथि प्राप्त गर्ने परीक्षार्थीको संख्या २५४ रहेको छ । १.६ र सो माथिको संख्या ४८ र, १.६ भन्दा तल जिपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या १४ रहेको छ । थाहानगरले २०७६ फागुन २७ देखि चैत्र ५ गतेसम्म कक्षा ८ को वार्षिक परीक्षा संचालन गरेको थियो । 

नगरस्तरीय परीक्षा समितिबाट प्रकाशन भएको नतिजा पुर्नयोग गर्न चाहेमा प्रति विषय रु १००/- थाहा नगरपालिकाको कार्यालयमा राजश्व बुझाई नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र भित्र निवेदन दिन सकिने छ ।
 

Supporting Documents: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आपतकालिन फोन नम्बरहरु

थाहानगरको पर्यटकीय क्षेत्र घुमफिर र बसोबासका लागि: