आरोग्य पर्यटन तालिमका लागि दरखास्त आव्हान सम्बन्धी सूचना !

नेपाल पर्यटन,होटल तथा पर्वतीय प्रतिष्ठानको मिति २०८३/०५/०९ च.नं. २३० को प्राप्त पत्रानुसार नेपाललाई विश्वसामु एक उत्कृष्ट आरोग्य पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराउने उदेश्यले अरोग्य पर्यटनको विकास तथा प्रर्वद्धन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले तयार गरेको राष्ट्रिय आरोग्य पर्यटन रणनीति २०८३ को सफल कार्यान्वयन गर्न तथा यस थाहा नगरपालिकालाई आरोग्य नगर निर्माणका लागि कार्यक्रमहरु सञ्चालन भइरहेको सन्दर्भमा आरोग्य पर्यटन उद्योगको लागि अवश्यक पर्ने उच्चस्तरीय तथा सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्न नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठानद्वारा २०८३ साल भदौ अन्तिमबाट सञ्चालन गरिने निम्नानुसारको तालिममा सहभागी हुन इच्छुक योग्य नेपाली नागरिकहरुबाट दरखास्त पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।