अत्यन्त जरुरी सूचना!!
अत्यन्त जरुरी सूचना!!
सार्वजनिक सूचना !
यहि मिति २०८३ भाद्र १० गते विहान रसुवाको भोटेकोशीमा एक्कासी आएको बाढीका कारण ठूलो धनजनको क्षति भएको व्यहोरा अवगत नै छ। यसै सन्दर्भमा थाहा नगरपालिकाबाट तीर्थयात्राका लागि रसुवाको गोसाइकुण्ड जाने र थाहा नगरपालिकाबाट कामकाजको सिलसिलामा रसुवा जिल्लामा रहनु भएका केही व्यक्तिहरु हराइरहेको र सम्पर्कमा नरहेको भन्ने सूचना प्रकाशन भइरहेको हुँदा अलपत्र परेका वा वेपत्ता भएका नागरिकहरुको थाहा नगरपालिकाले खोजी तथा उद्धार गर्ने भएकोले त्यस्ता नागरिकका परिवार वा आफन्तजनले तपसिलको नम्बरमा सम्पर्क गरी वा आफ्नो वडाका जनप्रतिनिधिलाई विवरण टिपाइदिनुहुन अनुरोध छ।
सम्पर्क नम्बरहरु:
नगर प्रमुख : ९८५५०८९३४५
नगर उप-प्रमुख : ९८५५०८९३४४
प्रमुख प्रशासकीय अधिकृत : ९८५५०३९९६५
वडा नं. १ का.वा. वडाध्यक्ष : ९८४३२७४२४४
वडा नं. २ वडाध्यक्ष : ९८५५०७४१८२
वडा नं. ३ वडाध्यक्ष : ९८५५०७२४८९
वडा नं. ४ वडाध्यक्ष : ९८४५०७०६२५
वडा नं. ५ वडाध्यक्ष : ९८४५७९५५२७
वडा नं. ६ वडाध्यक्ष : ९८५५०६९३०६
वडा नं. ७ वडाध्यक्ष : ९८५५०७०२८७
वडा नं. ८ वडाध्यक्ष : ९८४१५२०७०४
वडा नं. ९ वडाध्यक्ष : ९८५११६६०२५
वडा नं. १० वडाध्यक्ष : ९८४५०७२४८७
वडा नं. ११ वडाध्यक्ष : ९८४५७८२३०३
वडा नं. १२ वडाध्यक्ष : ९८५१०९३०४१
विपद फोकल पर्सन : ९८५५०७५३४१
(विष्णु बहादुर विष्ट)
नगर प्रमुख